आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024 Search
FLASH NEWS

‘गठबन्धन सरकारलाई पाल्न सक्ने स्थिति भएन ,अब फाल्ने बेला भयो ’

    प्रकाशित २०७९ श्रावण २५, बुधबार (१ साल अघि)

दयाराम आचार्य,कावासोती । गठबन्धन सरकार विरुद्ध नवलपुरमा प्रदर्शन भएको छ । एमालेका जनवर्गीय संगठनहरू सयुक्त रुपमा गठबन्धन सरकार विरुद्ध प्रदर्शनमा उत्रिएका हुन् । गठबन्धन सरकारले महँगी नियन्त्रण नगरेको , भ्रष्टचारमा फसेको, नागरिकता विद्येयक ल्याएर नागरिकता दिने प्रावधान खुकुलो बनाएको, बजेटमा अर्थमन्त्रीले ठूला व्यवसायी अनकुल करको दायरा हेरफेर गरेको , पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरको लगायतका जनताको हित विपरित कार्य गरेकाले यसको विरुद्धमा जनवर्गीय संगठनहरू आन्दोलनमा उत्रिएका हुन् ।

आज कावासोती ३ मा रहेको नेकपा एमालेको पार्टी कार्यालयबाट सुरु भएको विरोध र्याली फिल्महल चोक, सभापति चोक ,थाना चोक , विपी चोक हुदै फलफूल चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । र्यालीमा गठबन्धन सरकारले गरेका जनता विरोधी कामको विरुद्धमा नाराबाजी गरिएको थियो ।

फलफूल चोकमा भएको कोणसभामा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य, नवलपुर सह इन्चार्ज रविन्द्र अधिकारीले गठबन्धनको सरकारलाई अब पाल्न सक्ने स्थिती नभएको बताउनुभयो । अहिले कुनैपनि ठाउमा गठबन्धनको सरकारले राम्रो गर्यो भन्ने नभएको बताउँदै अब यो गठबन्धनको सरकारलाई पाल्न सक्ने स्थिति नभएकाले गठबन्धन सरकारलाई फाल्ने बेला भएको उहाँले बताउनुभयो ।

गठबन्धनको सरकारले नागरिकता जस्तो संवेदनशिल विषयलाई सस्तो बजारमा बिक्री गरिरहेकाले यसले राष्ट्रमा धेरै समस्या ल्याउने समेत उहाँले बताउनुभयो । अर्थ मन्त्रीले करको दायरा देशका धनाढ्यहरूको हितमा हुने गरि हेरफेर गरेकाले अर्बौँ रुपैयाँ राज्यलाई घाटा लागेको बताउँदै गठबन्धनको अकर्मण्यताको अन्त्य गरि जनतालाई सेवा र सुविधाहरू उपलब्ध गराउन ,देशमा नयाँ खालको सिलसिला स्थापित गराउन एमालेको सरकार बनाउन जरुरी रहेको उहाँले बताउनुभयो । यसका लागि आगामी मङ्सिरमा हुने निर्वाचनबाट एमालेको सरकार स्थापित गराउने गरि लाग्न सबैमा आवहान गर्नुभयो ।

नेकपा एमाले नवलपुरका अध्यक्ष मुक्तिराम पाण्डेले गठबन्धन सरकारले गरेको ज्यादती विरुद्ध आम रुपमा आन्दोलन गर्न बाध्य पारिएको बताउनुभयो । नेपाली जतालाई मार पार्ने गरि गठबन्धन सरकारले नीतिगत भ्रष्टाचार गरेको , एमसीसी र यसलाई जोडेर सैने परिचालनका विषय अघि बढाउन लागेको , नागरिकता विद्येयक हलका रुपमा ल्याएकोले देश व्यापी रुपमा जनता विरोधमा उत्रिएको बताउनुभयो । गण्डकी प्रदेश सरकारले आफ्ना नातागोताको नाममा बजेट दुरुपयोग गर्न लागेकोमा एमालेको विरोधका कारण फिर्ता लिन बाध्य भएपनि बिभिन्न नाममा त्यसलाई दुरुपयोग गर्ने कोसिस भइरहेको उहाँले बताउनुभयो । करमा वृद्धि गरि जनताको ढाड सेक्ने काम भएको भन्दै यसका विरुद्ध एमाले आन्दोलनमा उत्रन परेको बताउनुभयो । गठबन्धनको सरकारले जनताका हित विपरित गरेका कार्य विरुद्ध एमालेका जनवर्गीय संगठन आन्दोलनमा उत्रिएको उहाँले बताउनुभयो ।

गत निर्वाचनमा गठबन्धलाई जिताउने गरि राज्य शक्तिको दुरुपयोग गरिएको र आगामी निर्वाचनमा समेत त्यसो हुन सक्ने भन्दै उहाँले अब एमाले र यसका जनवर्गी संगठन चुप लागेर नबस्ने र गठबन्धनका सबै अर्कमण्यता विरुद्ध शसक्त आन्दोलनमा उत्रने जिल्ला अध्यक्ष पाण्डेले बताउनुभयो । काेणसभाकाे संचालन जिल्ला उप सचिव भिमलाल कंडेलले गर्नुभएको थियाे ।
जिल्लाका जनवर्गीय संगठनको संयुक्त आन्दोलनको कार्यक्रममा राजमार्गमा टायर बालेर केही समय राजमार्ग समेत अवरुद्ध गरिएको थियो । सो क्रममा प्रदर्शनकारीले प्रधानमन्त्री शेर बहादुर देउवा विरुद्ध समेत नारावाजी गरेका थिए । गठबन्धनको नेतृत्व गरि जनतालाई महंगीको मारमा पारेको र आफु सहित सरकार भने भ्रष्टचारमा फसेको भन्दै उनिहरुले नारावाजी सहित टायर बालेर प्रदर्शन गरेका थिए ।विरोध प्रदर्शन कार्यक्रममा एमालेका केन्द्रिय नेता, जिल्ला नेता ,जनवर्गीय संगठनका नेता, कार्यकर्ता लगाएतको बाक्लो उपस्थिती रहेको थियो ।

Write your Comment