आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

एकादशीका अवसरमा वैदिक धर्म परिषद् देवचुली १० द्वारा कथावाचन

    प्रकाशित २०७९ श्रावण २४, मंगलबार (१ साल अघि)


देवचुली । एकादशीका अवसरमा वैदिक धर्म परिषद् देवचुली १० द्वारा कथावाचन कार्यक्रम सोमबार सम्पन्न गरेको छ । वैदिक धर्म परिषद् देवचुली १० द्वारा आयोजित कथावाचन कार्यक्रममा वैदिक धर्म परिषद् केन्द्रीय सदस्य एवम् कथावाचक पं भुपेन्द्र शर्मा भट्टराईले वैदिक धर्मको लक्ष्य र एकादशीको महत्व र सबै मानवलाई धर्म गर्ने र मान्ने अधिकार , यसको औचित्य के हो? भन्ने बारेमा प्रष्ट पार्नुभएको भएको हो।

वैदिक धर्म परिषद् देवचुली १० का अध्यक्ष पं नारायणप्रसाद तिवारीको अध्यक्षता भएको कार्यक्रममा वैदिक धर्म परिषद् केन्द्रिय सदस्य पं भुपेन्द्र शर्मा भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि कार्यक्रममा विशेष अथितिमा वैदिक धर्म परिषद्का जिल्ला उपाध्यक्ष नारायणी भट्टराई ,अथितिहरुमा कृष्णबहादुर थापा, डोलराज काफ्ले, ज्यो काशीनाथ तिमिल्सिना ,नारायणी भुसाल रहनु भएको थियो ।

वैदिक धर्म परिषदले प्राचीन कालदेखि रहेको हिन्दू संस्कारलाई जगेर्ना गर्ने र समुदायमा धर्म संस्कृतिको बारेमा सचेत गराउने अभियान संचालन गरिरहेको छ। परिषद्ले विभिन्न कार्यक्रम गरि धार्मिक संस्कारलाई जीवन्त बनाई सन्ततिहरुका लागि पनि सचेतना फैलाउन आवश्यक रहेकोले सोही अनुसार कार्यक्रम गरिरहेको जनाएको छ।

कार्यक्रममा विभिन्न विद्वान पंडितहरू एवम श्रद्धालु भक्तजनहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा कथावाचन सँगसँगै भजन गरिएको थियो । सो कार्यक्रमको सहजीकरण विष्णुप्रसाद काफ्लेले गर्नुभएको थियो ।

Write your Comment