आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

कावासोतीबाट लागुऔषध सहित देवचुलीका दुई जना पक्राउ

    प्रकाशित २०७९ श्रावण २२, आईतबार (१ साल अघि)


कावासोती। नवलपुरको कावासोती नगरपालिका १६ चालिस किलो जंगलमा लागुऔषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवचुली नगरपालिका वडा नं.१७ बस्ने वर्ष २६ को दिपक राना र सोही ठाउँ बस्ने वर्ष १९ को अभिषेक तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आउदै गरेको भे १ ख ३६७३ को बस चेकजांच गर्ने क्रममा उनीहरुसँग रहेको कालो झोलामा नुर्फिन ५० एम्पुल,फेनारागन ५० एम्पुल,डाइजापाम ५० एम्पुल लागुऔषध सहित फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Write your Comment