आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

लायन्स क्लब अफ देवचुली सप्तरङ्गीद्वारा जेष्ठ नागरिकहरुलाई देवघाटको धार्मिक यात्रा

    प्रकाशित २०७९ श्रावण २१, शनिबार (१ साल अघि)


देवचुली । लायन्स क्लब अफ देवचुली सप्तरङ्गीद्वारा जेष्ठ नागरिकहरुलाई देवघाटको धार्मिक यात्रा गराईएको छ । दिव्य एकेडेमी, त्रिशक्ति स: मिल र अनिर्जित डेरिको सहयोगमा लायन्स क्लब अफ देवचुली सप्तरङ्गीद्वारा देवचुली नगरपालिकाका जेष्ठ नागरिकहरुलाई शनिबार धार्मिक यात्रा गराइएको हो ।

लायन्स क्लब अफ देवचुली सप्तरङ्गीको पहिलो कार्यक्रम अन्तर्गत आफ्ना छोराछोरी नभएका,अशक्त र देवघाटसम्म पुग्न नसकेका जेष्ठ नागरिकहरुलाई प्राथमिकता राखि कार्यक्रम आयोजना गरिएको क्लबका सचिव सुनिल न्यौपानेले बताउनुभयो । जेष्ठ नागरिकलाई सम्मान सँगै आशिर्वादबाट क्लबलाई अगाडि बढाउन पहिलो कार्यक्रम नै उनीहरूलाई धार्मिक यात्रा गराइएको न्यौपानेले बताउनुभयो ।

लायन्स क्लब अफ देवचुली सप्तरङ्गीका अध्यक्ष टि एम पौडेलको अध्यक्षता भएको कार्यक्रममा रिजन चियर पर्सन तारा देवी शर्माको प्रमुख आतिथ्यता रहेको थियो । धार्मिक यात्रामा देवचुली नगरपालिकाका कुल ३५ जना जेष्ठ नागरिकको सहभागिता रहेको थियो ।

लायन्स क्लब अफ देवचुली सप्तरङ्गीको पहिलो कार्यक्रम अत्यन्तै अलग तर प्रभावकारी भएको र भविष्यमा यस्तै प्रभावकारी कार्यक्रमहरु गर्न क्लब सफल रहनका लागि प्रमुख अतिथी शर्माले शुभकामना व्यक्त गर्नुभएको थियो । सम्पुर्ण सहभागीहरुले पहिलो कार्यक्रम नै आफुहरुका लागि गरेकोमा क्लबलाई धन्यवाद दिएका थिए ।

धार्मिक यात्रा कार्यक्रमको संयोजन रेनुका बस्ताकोटी,ठाकुर शर्मा र मैयाँ हमालले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सुनिल न्यौपानेले गर्नुभएको थियो ।

Write your Comment