आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

पूर्व पश्चिम राजमार्ग अन्तरगत देवचुली नगर खण्डमा बिग्रिएको सडक मर्मत गरिने

    प्रकाशित २०७९ श्रावण १७, मंगलबार (१ साल अघि)


देवचुली । पूर्व पश्चिम राजमार्ग अन्तरगत देवचुली नगर खण्डमा बिग्रिएको सडक मर्मत गरिने भएको छ । मंगलबार देवचुली नगरपालिका र बुटवल नारायणगढ सडक निर्माण आयोजनाका प्रतिनिधिहरु बिच भएको छलफलमा यथासिघ्र सडक मर्मत गरि आवागमन सहज गर्ने निर्णय भएको हो ।

देवचुली नगरपालिकाको तर्फबाट नगर प्रमुख हरिप्रसाद न्यौपाने, उप प्रमुख पार्वता तिवारी, नगर प्रवक्ता तिल प्रसाद काफ्ले ,प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी र एडिबीका आयोजना निर्देशक सुशिलबाबु ढकाल,चाईना स्टेट कम्पनीका नेपाल प्रतिनिधि सु यान , सडक विभागका ईन्जिनियर धिरज ढकाल , बुटवल नारायणगढ पुर्वी खण्ड आयोजना प्रमुख रमेश दिष्टी लगायतको उपस्थितमा छलफल गरिएको हो ।


बुटवल – नारायणगढ सडक खण्डको स्तरोन्नतिको क्रममा बिग्रिएका सडकका कारण दैनिक यात्रुहरुलाई सास्ती भएको गुनासो आएसंगै नगरपालिकाको पहलमा उक्त छलफलको आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।छलफलमा सडक मर्मतसंगै सडक मर्मतमा आवश्यक पर्ने माटो लगायतका अन्य सामाग्रीको लागि नगरपालिकाले सहजीकरण गर्ने समेत निर्णय भएको छ ।

यस खण्डको सडकमा पानी पर्नासाथ हिलो र घाम लाग्ना साथ धुलो उड्नुका साथै साना देखि ठुला खाडलहरु दुर्घटनाको कारण बनेकाले नगरपालिकाले आयोजना निर्माण कम्पनीसँग छलफल गरि तुरुन्त सडक मर्मत गर्न लगाएको नगर प्रमुख न्यौपानेले बताउनुभयो।

Write your Comment