आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024 Search
FLASH NEWS

गठबन्धन विकासको बाधक बन्यो-एमाले उपाध्यक्ष शाक्य

    प्रकाशित २०७९ श्रावण १६, सोमबार (१ साल अघि)


ज्ञानु पंगेनी,कावासोती । नेकपा एमालेकी केन्द्रिय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गठबन्धन विकासको बाधक बनेको बताउनुभएको छ ।

नवलपुरको कावासोतीमा नेकपा एमाले जिल्ला कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो – ‘गठबन्धन विकासको बाधक भएको छ , राष्ट्रियता कमजोर बनाउने भएको छ , अर्थतन्त्र डामाडोल बनाउने र अर्थतन्त्र कमजोर बनाउने भएको छ । तसर्थ अब हामिले गठबन्धनलाई तोड्न आवश्यक छ । ’ उहाँले नेकपा एमाले बिचार सिद्धान्तले पहिलो बन्नुपर्ने धारण समेत राख्नुभयो

उहाँले नेकपा एमाले फुट भएपनि धेरै शक्तिशाली रहेको बताउनुभयो । पार्टी फुटाएर नेकपा एस बनेका माधव नेपाललाई व्यङ्ग्य गर्दै उहाँले काङ्ग्रेसको शरण लिन पुग्नु परेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो – ‘ माधव नेपाललाई काङ्ग्रेससँग मिलेर हजुर बचाइदिनुस् भन्नुपरेको छ , शेरबहादुरसँग ज्यू हजुर गर्नुपरेको छ , नेकपा माओवादीसँग मिलेर हामी एकजुट भएर लाग्नुपर्यो भन्नुपरेको छ ।’ उहाँले थप्नुभयो – ‘नेपाली काङ्ग्रेस जसको सिद्धान्त कम्युनिष्टसँग मिल्दैन त्यस्तो पार्टीसँग गठबन्धन भनेर एमाले जस्तो शक्तिशाली पार्टीलाई विस्थापित गर्न , कमजोर बनाउन खोजेको छ । त्यसले एमाले कमजोर बन्दैन । अहिले गठबन्धन सरकारले के गरेको छ भन्ने कुरा जनताले राम्रोसँग बुझेका छन् । भर्खर मात्रै अर्थमन्त्रीको काण्ड देखिसक्नु भएको छ । त्यसभन्दा बढि अरु के हेर्न बाँकी छ र ? ’

कार्यक्रममा केन्द्रिय कमिटी सचिव पद्यमा अर्याल , पोलिटब्युरो सदस्य मना केसी , केन्द्रिय कमिटी सदस्य भगवती न्यौपाने , केन्द्रिय कमिटी सदस्य तिलक महत , रविन्द्र अधिकारी , कृष्ण पौडेल र प्रदेश कमिटी उपसचिव रश्मि आचार्य लगायतले बोल्नुभएको थियो । उहाँहरूले पार्टीलाई पहिलो पार्टी बनाउनका लागि एमाले नेता कार्यकर्ता लाग्न जरुरी रहेकोमा जोड दिनुभएको थियो । नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूलाई अन्य राजनैतिक दल भन् ा फरक ढंगले काम गर्न सुझाव दिनुभयो । जनतासँगको राय सुझाव लिनै , विकास निर्माणमा लाग्न आग्रह गर्नुभयो । एमालेका जनप्रतिनिधिहरू उदार हुन्छन् , सेवा भावका हुन्छन् । विकास प्रेमी हुन्छन् भन्ने सन्देश दिन आग्रह गर्नुभयो । यस्तै कार्यकर्ताहरूलाई पार्टीको सिद्धान्त अनुरूप काम गर्न र समुदायसँग नजिक रहेर जनताको सुखदुःखमा साथ सहयोग गर्न अनुरोध गर्नुभयो । नेकपा एमाले जनताको पार्टी हो भनेर स्थापित भइसकेकोले जनताको भावनालाई कदर गर्न र जनतासँग सधैँ रहिरहन एमालेका नेता कार्यकर्ता जनतासँग जनताको काम गरेर नजिक हुनुपर्नेमा जोड दिनुभएको थियो ।

जिल्ला कमिटी अध्यक्ष मुक्तिराम पाण्डेको अध्यक्षतामा कार्यक्रम भएको हो । एमालेको सिद्धान्त तथा समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थक पार्न एमाले नेता कार्यकर्ता र एमालेबाट निर्वाचित जनप्रतिनीधिले के के कुरा जान्नु पर्छ ? अुनशासन कायम राख्दैे आउदा संघ र प्रदेशको निर्वाचनमा पार्टीलाई पहिलो बनाउन कसरी लाग्ने ? के काम गर्ने के कस्ता योजना बनाउने कस्तो भूमिका निभाउने लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको हो ।

Write your Comment