आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

देवचुलीका प्रमुख प्रशासकीय अधिकृत मरासिनीलाई स्वागत

    प्रकाशित २०७९ श्रावण १६, सोमबार (१ साल अघि)


देवचुली । देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीलाई नगरपालिकामा स्वागत गरिएको छ । नगर प्रमुख हरिप्रसाद न्यौपाने र उप प्रमुख पार्वता तिवारीले प्रमुख प्रशासकीय अधिकृत मरासिनीलाई खादा ओढाएर नगरपालिकामा स्वागत गर्नुभएको हो । मरासिनी नुवाकोटको बिदुर नगरपालिकाबाट सरुवा भई देवचुलीमा आउनुभएको हो ।

प्रमुख प्रशासकीय अधिकृत मरासिनीले स्वागतसँगै कर्मचारीलाई जनताका हितमा काम गर्नका लागि निर्देशन दिनुभएको छ । कुशल कार्यशैली अपनाएर जनमैत्री सेवा दिई निर्वाचित जनप्रतिनिधिहरुलाई सफल बनाउन पनि कर्मचारीको महत्त्वपूर्ण भुमिका रहने हुँदा सबैले आफ्नो ठाउँबाट काम गर्न कर्मचारी सबैलाई उहाँले आग्रह गर्नुभएको थियो ।” केही फरक ढंगले कामको सुरुवात गर्नेछु , सबैको सहयोगकाे अपेक्षा छ “- मरासिनीले भन्नुभयो ।

स्वागत कार्यक्रममा नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृतलाई नगरपालिकाको हरेक गतिविधिहरु जनताको पक्षमा गर्नका लागि नगरप्रमुख हरिप्रसाद न्यौपानेले निर्देशन दिनुभएको थियो । नीति योजना बनाउनका लागि कार्यपालिका तयार रहेको बताउँदै देवचुली नगरको सकारात्मक परिवर्तनका लागि कर्मचारीको कुशल नेतृत्व गर्न प्रमुख प्रशासकीय अधिकृतलाई आग्रह गर्नुभएको थियो ।

स्वागत कार्यक्रममा निर्वाचित जनप्रतिनिधि , कर्मचारीहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले गर्नुभएको थियो ।

Write your Comment