आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

गैडाकोटमा घाँस काट्ने प्रतियोगिता हुँदै

    प्रकाशित २०७९ श्रावण १४, शनिबार (१ साल अघि)


नवलपुर। नवलपुरको गैडाकोटमा घाँस काट्ने प्रतियोगिता हुने भएको छ । श्री स्वस्थानी घाँस स्रोत केन्द्र गैडाकोट १२ हर्कपुरको आयोजनामा प्रतियोगिता हुन लागेको हो । साउन १५ गते हुने प्रतियोगिता नेपालमै पहिलोपटक आयोजना भएको आयोजकको दाबी छ ।

श्री स्वस्थानी घाँस स्रोत केन्द्रका प्रोपाइटर विष्णु भट्टका अनुसार किसानको सम्मानस्वरुप प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा चार समूहको प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सहभागिले एक लिटर दुध लिएर दर्ता गर्नुपर्नेछ । प्रतियोगितामा प्रथम हुनेले नगद १२ हजार,दोस्रो हुनेले ८ हजार र तेस्रो हुनेले ५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

Write your Comment