आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

नवलपुरमा भलिबल रेफ्री कोर्स सम्पन्न

    प्रकाशित २०७९ श्रावण १३, शुक्रबार (१ साल अघि)


राजु चापागाई,देवचुली।नवलपुरमा भलिबलका रेफ्रीहरुलाई ३ दिनको कोर्स सम्पन्न भएको छ । नवलपुर भलिबल संघको आयोजनामा मंगलबार देखि बिहीबारसम्म कावासोतीमा भलिबल कोर्स राखिएको हो । जिल्लामा आयोजना हुने भलिबल प्रतियोगिताका लागि नयाँ रेफ्रीहरुको उत्पादन तथा पुराना रेफ्रीहरुको क्षमता अभिवृद्धि साथै जिल्लाको भलिबल खेलको विकासका लागि तालिमको आयोजना गरिएको भलिबल संघका जिल्ला उपाध्यक्ष चन्द्रबहादुर थापाले बताए ।

तीन दिन सम्म संचालन भएको भलिबल कोर्सको सहजीकरण अन्तर्राष्ट्रिय भलिबल रेफ्री तथा नेपाल रेफ्री कमिसन संयोजक गौतम प्रसाद लासिव र अन्तर्राष्ट्रिय भलिबल रेफ्री विकास गुरुङले गरेका थिए । कोर्समा नवलपुर,नवलपरासी,कास्की र गुल्मीका २ महिलासहित ५१ जना सहभागी भएका थिए ।

नवलपुर भलिबल संघको अध्यक्ष सरोज महतोको अध्यक्षता भएको समापन कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुनको प्रमुख आतिथ्यता रहेको थियो । समापन कार्यक्रममा भलिबल कोर्स पूरा गरेका रेफ्रीहरुलाई खेल संचालनका लागि ईजाजतपत्र प्रदान गरिएको थियो । रेफ्रीहरुको ईजाजतपत्र हरेक चार/चार वर्षमा नवीकरण गर्नुपर्ने प्रावधान रहेको जिल्ला भलिबल संघले जनाएको छ ।

Write your Comment