आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024 Search
FLASH NEWS

दाउन्नेमा बसमा आगलागी हुँदा ३३ जना घाइते ,६ को अवस्था गम्भीर

    प्रकाशित २०७९ श्रावण ११, बुधबार (१ साल अघि)


नवलपुर । पूर्वी नवलपरासीको दाउन्नेमा यात्रुवाहक बसमा आगलागी हुँदा ३३ जना घाइते भएका छन् । आज बिहान ना ५ ख ५१०० नम्बरको बस आफैं अनियन्त्रित भई सडक छेउमा पल्टिँदा बसमा आगो लागेको प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।

आगलागीबाट बसमा सवार ३३ जना यात्रु घाइते भएको र ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अहिले ८ जनालाई भरतपुर पुरानो मेडिकल कलेज र मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Write your Comment