आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024 Search
FLASH NEWS

देवचुली १५ मा गोपिचन्द्र भुसालको अध्यक्षतामा वैदिक धर्म परिषद वडा समिति गठन

    प्रकाशित २०७९ श्रावण २, सोमबार (१ साल अघि)

देवचुली । देवचुली नगरपालिका वडा नं १५ मा वैदिक धर्म परिषदको वडा समिति गठन गरिएको छ । गोपिचन्द्र भुसालको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको छ ।

जसको उपाध्यक्षमा शान्ति सुवेदी पाठक, सचिवमा रोशनकुमार राउत,कोषाध्यक्षमा धना भुर्तेल, सहसचिवमा सुर्यप्रसाद रेग्मी र सदस्यहरुमा लिला शर्मा रेग्मी,दुर्गा पुरी,रेशमबहादुर रानाभाट ,लिलाधर अधिकारी ,तुलाराम भट्टराई र गणेश प्रसाद धिताल रहेको वैदिक धर्म परिषद नवलपुरका अध्यक्ष टीकाराम न्यौपानेले जानकारी दिए ।

वैदिक धर्म परिषदले प्राचीन कालदेखि रहेको हिन्दू संस्कारलाई जगेर्ना गर्ने र समुदायमा धर्म संस्कृतिको बारेमा सचेत गराउने अभियान संचालन गरिरहेको जिल्ला अध्यक्ष न्यौपानेले बताए । वैदिक धर्म परिषदले देवचुलीका ९ वडामा समिति गठन गरिसकेको र बाँकी वडामा समेत चाँडै नै समिती गठन गरिने न्यौपानेले बताए ।

Write your Comment