आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

सबैले अनिवार्य मास्क लगाउन जिल्ला प्रशासन कार्यालय नवलपुरको आदेश

    प्रकाशित २०७९ श्रावण २, सोमबार (१ साल अघि)


नवलपुर । कोरोना भाइरसको जोखिमलाइ ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय नवलपरासी (पूर्व)ले स्वास्थ्य सर्तकता अपनाउन जिल्लावासीमा आग्रह गरेको छ ।कोभिड १९ को संक्रमण रोकथाम र उपचार ब्यवस्था सम्वन्धमा आइतबार बसेको बैठकका सिफारिसमा आधारमा जिल्लाका सरकारी तथा सार्वजनिक स्थानमा अनिवार्य रुपमा मास्क लगाउन सर्वसाधरणमा आग्रह गरेको छ ।

प्रमुुख जिल्ला अधिकारी सुमन घिमिरेद्धारा जारी आदेशमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने गराउने, साबुनपानीले हात हुने, सामाजिक दुरी कायम, गर्नुपर्ने उल्लेख छ ।आदेशमा सरकारी वा सार्वजनिक प्रकृतिका सबै कार्यालय, विद्यालय तथा संघसंस्थामा सेवा लिदा र दिदा अनिवार्य रुपमा मास्क गर्नुपर्ने उल्लेख गरिएको छ ।

Write your Comment