आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

देवचुलीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाकाे निधन

    प्रकाशित २०७९ अषाढ २८, मंगलबार (१ साल अघि)


देवचुली । नवलपुरकाे देवचुलीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाकाे निधन भएकाे छ । देवचुली नगरपालिका वडा नं ५ का १८ वर्षीय आयुष सिंजालीकाे करेन्ट लागेर निधन भएकाे हाे ।

साेमबार ५ जना सहित बौलाहा खोलामा माछा मार्न गएका सिंजालीलाई करेन्ट लागेपछि उपचारकाे लागि देवचुली अस्पताल ल्याईएकाे र उपचारकाे क्रममा उनकाे निधन भएकाे ईलाका प्रहरी कार्यालय रजहरले जानकारी दिएकाे छ ।

घटना स्थलमा रहेका देवचुली वडा नं ७ का खेमबहादुर साेती, वडा नं ५ का टाेपबहादुर सिजाली ,लिले भन्ने भुवन सिं मगर र वडा नं ५ का सुक ब. मुग्लीलाई अनुसन्धानकाे लागि नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रजहरमा राखिएकाे छ ।

Write your Comment