आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

नवलपुरको स्वास्थ्य बिमा जिल्ला सम्पर्क कार्यालयमा तालाबन्दी

    प्रकाशित २०७९ अषाढ २७, सोमबार (१ साल अघि)


देवचुली। नेपाल सरकारले सुरु गरेको स्वास्थ्य बिमाको जिल्ला सम्पर्क कार्यालयमा नवलपुरका स्वास्थ्य बिमा दर्ता सहयोगीहरुले विभिन्न माग राख्दै तालाबन्दी गरेका छ्न ।

सोमबार कावासोती स्थित जिल्ला सम्पर्क कार्यालय पुगेका बिमा दर्ता समुहको टोलिले जिल्ला प्रमुख जायसोर भुसाललाई ज्ञापनपत्र बुझाए लगतै कार्यालयमा तालाबन्दी गरेका हुन ।

बिमा दर्ता सहयोगीहरुले गत २०७८ देखिको पारिश्रमिक नपाएको, बिमितहरुलाई स्वास्थ्य सेवा प्रदायक संस्थाहरुले सम्मान जनक व्यवहार नगर्ने गरेको, बिमाले समेटेको औषधि र गुणस्तरीय उपचारमा ध्यान नदिएको, केन्द्रिय बिमा बोर्डले समयमै सेवा प्रदायक संस्थालाई भुक्तानी नदिएको , स्वास्थ्य सेवा प्रदायक संस्थामा बिमा सहायता कक्ष स्थापना नगरिएको भन्दै जिल्ला सम्पर्क कार्यालयमा तालबन्दी गरेका हुन ।

स्वास्थ्य बीमा दर्ता सहयोगीले २०७८ भाद्र चक्रको कमिसन आजको मितिले ३ दिनभित्र , २०७९ जेठ चक्रको कमिसन ७ दिनभित्र र अबदेखि हरेक चक्र सुरु भएको मितिले १५ दिनभित्र जुनसुकै हालतमा आफ्नो पारिश्रमिक पाउनुपर्ने माग समेत राखेका छ्न ।

नवलपुर जिल्लामा २०७७ साल फागुन ०९ गते बाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रममा करीब १ लाख जनसंख्या आबद्ध भैसकेका छ्न ।

Write your Comment