आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024 Search
FLASH NEWS

देवचुली ७ मा रहेको स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

    प्रकाशित २०७९ अषाढ २३, बिहिबार (१ साल अघि)


राजु चापागाई,देवचुली। देवचुली वडा न ७ मा रहेको देवचुली स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । देवचुली नगरपालिकाको सहयोगमा ५ वर्ष मुनिका बालबालिकाहरुको पोषण लेखाजोखा कार्यक्रम अन्तर्गत विभिन्न सुचकहरु पूरा गरि देवचुली स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था तथा वडा न ७ लाई पोषणमैत्री वडा घोषणा गरिएको हो ।

स्वास्थ्य संस्था तथा व्यवस्थापन समितिका अध्यक्ष एवम् देवचुली वडा न ७ का अध्यक्ष भूमिसरा आलेको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । यसै गरि देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारी, देवचुली ७,८,९ का वडा अध्यक्षहरु,देवचुली नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामकुमार श्रेष्ठ लगायत सरोकारवालाको उपस्तिथिमा पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो ।

देवचुली स्वास्थ्य चौकीले पोषणमैत्री स्वास्थ्य संस्था घोषणा पूर्व देवचुली वडा न ७ भित्रका स्वास्थ्यकर्मी,जनप्रतिनिधि ,टोल सुधार समितिका पदाधिकारी,स्थानीय क्लबका प्रतिनिधि, सुनौला हजार दिनका आमा र बच्चाहरुको तालिम संचालन गरेको ,वडा न ७ लाई ५ वटा टोलमा विभाजन गरि ५ वर्षमुनिका बालबालिकाहरुको पोषण लेखाजोखा गरिएको देवचुली स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट देवीप्रसाद भुसालले जानकारी दिए । भुसालका अनुसार २५० जना बालबालिकाको उचाई,लम्बाई,पाखुराको गोलाई,तौलको अनुगमन गरि पोषण लेखाजोखा गरिएकोमा ६ जनाको पोषणको स्थिति कमजोर देखिएको र हाल उपचारपछि पोषण स्थित सामान्य रहेको बताए।
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्नका लागि आवश्यक सम्पूर्ण सुचाङ्क पूरा गरि आज घोषणा कार्यक्रम राखिएको देवचुली स्वास्थ्य चौकीका प्रमुख लिलाप्रसाद काफ्लेले बताए । सो कार्यक्रमको सहजीकरण देवचुली स्वास्थ्य चौकीका राजेन्द्र रिजालले गरेका थिए ।

Write your Comment