आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुलीमा ट्याक्टर जोताईको मूल्य निर्धारण

    प्रकाशित २०७९ अषाढ २०, सोमबार (२ साल अघि)


राजु चापागाई, देवचुली । देवचुली नगरपालिकाले ट्याक्टरको जोताई प्रतिघण्टा २ हजार २ सय रुपैयाँ कायम गरेको छ । देवचुली नगरपालिकाको सभाहलमा गत असार ७ गते ट्याक्टर व्यवसायी संघका पदाधिकारी, किसान र नगरपालिकाबीच त्रिपक्षीय छलफलबाट कल्टी हाईरोद्वारा जोताईको प्रतिघण्टा २ हजार ५ सय र रोलाभेटरको प्रतिघण्टा २ हजार ६ सय कायम गरिएको थियो। सो समयमा डिजेलको मूल्य १९२ रुपैयाँ रहेको र मूल्य प्रतिलिटर २० रुपैयाँ बढ्दा वा घट्दासम्म मूल्य परिवर्तन नगर्ने सहमति भएको थियो।

डिजेलमा प्रती लिटर २९ रुपैयाँ मूल्य घटी प्रतिलिटर १६३ रुपैयाँ कायम भएकोले ट्याक्टर जोताईमा मूल्य समायोजन गरिएको देवचुली नगरपालिकाले जनाएको छ । हाललाई कल्टी हाईरोद्वारा जोताईको प्रतिघण्टा २ हजार २ सय र रोलाभेटरको प्रतिघण्टा २ हजार ३ सय कायम गरिएको हो ।

देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेको संयोजकत्वमा विषयगत समितिका संयोजकहरु समेतको बैठकबाट आगामी दिनमा डिजेलको दररेट परिवर्तन हुँदा समेतका लागि दररेट कायम हुने गरि ट्याक्टर जोताईदर कायम गरिएको देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देलले जानकारी दिए ।

डिजेलको मूल्यदर अनुसारको ट्याक्टर जोताई दर

Write your Comment