आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

२१ घण्टापछि खुल्यो नारायणगढ बुटवल सडकखण्ड

    प्रकाशित २०७९ अषाढ १६, बिहिबार (२ साल अघि)


नवलपुर । नवलपुरको अरुणखोला-दुम्कीबास सडकखण्डमा डाईभर्सन बगाएपछि बुधबारदेखि अवरुद्ध बनेको सडकखण्ड सञ्चालनमा आएको छ । मध्यविन्दु नगरपालिका र विनयीत्रिवेणी गाउँपालिका क्षेत्रभित्र पर्ने तीनवटा अस्थायी डाईभर्सन स्थानीय खहरेखोलामा आएको बाढीले बगाएपछि बुधबार बिहान ६ बजेपछि राजमार्ग ठप्प बनेको थियो ।

नेपाल प्रहरी र सडक विभागको समन्वयमा अवरुद्ध सडक आज बिहीबार बिहान ३ बजेदेखि सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय दुम्कीवासका प्रहरी निरीक्षक रामनारायण गुप्ताले जानकारी दिए । पुनः डाईभर्सन बनाएर बाटो खुलेपछि रोकिएका सयौं सवारीसाधन अहिले चल्न थालेका छन् ।

सडकमा सवारीसाधनको चाप अत्याधिक भएकोले लेन अनुसासन कायम गर्दै सवारी चलाउन प्रहरीले समन्वय गरिरहेको छ ।

Write your Comment