आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024 Search
FLASH NEWS

अभिभावकलाई भीमसेन आदर्श नमूना मा. वि.को खुला पत्र

    प्रकाशित २०७९ अषाढ १५, बुधबार (१ साल अघि)

आदरणीय अभिभावक ज्यूहरु
सादर नमस्कार

बालबलिकाहरुलाई असल सिकाइ वातावरण निर्माण गर्न अभिभावक, विद्यार्थी र शिक्षकको त्रिपक्षिय सम्बन्ध मजबुत हुनुपर्दछ । बालबालिकाको सिकाइलाई सबल र सक्षम बनाउन विद्यालय र अभिभावकको महत्वपुर्ण भुमिका रहन्छ । यस कार्यका लागि विद्यालयले सदैव नयाँ नयाँ खोज, अनुसन्धान र प्रयोग गर्दै आएको छ । यसर्थ यस कार्यमा यहाँहरुले निम्न कार्य गरी सहयोग गरी दिनुहुन विद्यालय परिवार विनम्र अनुरोध गर्दछ ।

  • बच्चालाई स्कुल पठाउनु अघि उसलाई चाहिने कापी, कलम, ड्रेस आदि व्यवस्थित छ छैन हेर्नुहोस् ।
  • कम्तिमा १५ दिनमा एक पटक स्कुल गएर वा फोन मार्फत आफ्ना बच्चाको प्रगतिबारे बुझ्नुहोस् ।
  • विद्यार्थीको अगाडि शिक्षकसँग भनाभन नगर्नुहोस् ।
  • बच्चालाई आफूले सक्ने जति घरमै पनि सम्झाइ बुझाइ गर्नुहोस् ।
  • शिक्षक शिक्षिकालाई बेलाबेलामा धन्यवाद दिनुहोस् ।
  • पैसा तिरेपछि सबै कुरा हुन्छ भन्ने नठान्नुहोस् ।
  • कक्षामा चियोचर्चो वा छड्के जाँच गरे जस्तो नगर्नुहोस् ।
  • आफ्ना बालबालिकाहरुलाई एक अर्कोसँग वा अन्य व्यक्तिसँग तुलना नगर्नुहोस् ।
  • छोराछोरी बीच भेदभाव नगर्नुहोस् ।
  • छोराछोरीको अगाडि धुम्रपान, मद्यपान तथा सुर्तीजन्य वस्तुको सेवन नगर्नुहोस्
    बालबालिकाको अगाडि झगडा नगर्नुहोस् ।
  • बच्चाहरुको अगाडि शिक्षक र स्कुलको बारेमा नकारात्मक टिप्पणी नगर्नुहोस् ।
  • आफूलाई चित्त नबुझेको कुरा विद्यालयमै आएर प्रशासन वा प्रधानाध्यापकसँग राख्नुहोस् ।
  • बालबालिकाहरुलाई कुटपिट र तुच्छ गालीगलौज नगर्नुहोस् ।
  • खाली “पढ” मात्र नभन्नुहोस् , बालबालिकाहरुले सक्ने खालका घरायसी कामहरु पनि सिकाउँदै जानुहोस् ।
  • बिहान बेलुका बच्चाहरुले पढेको ठाउँमा सँगै बस्नुहोस् ।
  • सम्भव भए सम्म बिहान वा बेलुकीको खाना बच्चाहरुसँगै बसेर खानुहोस् ।
  • हरेक दिन बेलुकी १५,२० मिनेट बच्चाहरुसँग कुराकानी गरेर दिनभरीको गतिविधि बुझ्नुहोस् ।
  • कम्तिमा हप्तामा एक पटक परिवारका सम्पूर्ण सदस्यहरु बसेर खाना खाने र पारिवारिक गतिविधि बारेमा छलफल गर्ने गर्नुहोस् ।
  • पढ्न वा काम गर्नका लागि कुनै जिन्सी सामानको प्रलोभन नदेखाउनुहोस् ।
  • अभिभावक भेला अथवा स्कुलले बोलाएको बेला अनिवार्य स्कुलमा उपस्थित हुनुहोस् ।

अभिभावकहरूले बुझ्नुपर्ने कुरा
आजका धेरै बालबालिकाले पढ्न नसक्नु वा नपढ्नुमा उनीहरुको दोष छदै छैन । छोराछोरीलाई “पढ्, होमवर्क गर्” मात्रै भन्ने भन्नु भन्दा पनि उनीहरुका लागि बाबु वा आमा मध्ये एकले कम्तिमा २ घण्टा सँगसगै गृहकार्य गराउन समय दिनुपर्छ । पढ्न, सिक्न छेवैमा बसेर सहयोग गर्नुपर्छ । छोराछोरीलाई “पढ्, होमवर्क गर्” मात्रै भन्ने र आफू चाँही मोबाईल, टि.भी. वा गफमा झुण्डिने प्रवृत्ति राख्दासम्म नानीबाबुहरुले कहिल्यै शैक्षिक उन्नति गर्न सक्दैनन् ।

Write your Comment