आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

नवलपुरमा डाईभर्सन बगाएपछि नारायणगढ- बुटवल सडकखण्ड अवरुद्ध

    प्रकाशित २०७९ अषाढ १५, बुधबार (२ साल अघि)


नवलपुर । अविरल वर्षाका कारण स्थानीय खहरेखोलामा आएको बाढीले डाईभर्सन बगाएपछि नारायणगढ बुटवल सडकखण्ड अवरुद्ध बनेको छ ।जिल्लाको मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको सिमाक्षेत्रमा पर्ने पुल निर्माणको क्रममा बनाइएका ३ वटा डाईभर्सन बगाएपछि सडक राजमार्ग पुर्णरुपमा अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।

बिहान ६ वजेदेखि भएको सडक अवरुद्धका कारण पश्चिमतर्फ जाने र आउने सवारीसाधनहरु ठप्प भएका छन् । बाटो खुलाउनका लागि केहि समय लाग्ने जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरिक्षक जयराम पन्तले जानकारी दिए ।

Write your Comment