आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

उद्योगपति विनोद चौधरी नवलपुर–२ बाट संघीय उम्मेदवार बन्ने तयारीमा

    प्रकाशित २०७९ अषाढ १२, आईतबार (१ साल अघि)


नवलपुर । उद्योगपति विनोद चौधरीले नवलपुर –२ बाट संघीय निर्वाचनमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ ।

नवलपुर १ बाट कांग्रेस नेता शशांक कोइराला लड्दै आएकाले उहाँको रोजाइमा सोही जिल्लाको अर्को क्षेत्र परेको छ । नवलपुर १ मा आफ्ना लागि सहज नहुने देखेपछि उहाँले क्षेत्र नम्बर २ मा इच्छा देखाउनुभएको हो । उहाँ नवलपुर १ का मतदाता हुनुहुन्छ ।

२०७० सालमा शशांकसँग प्रतिस्पर्धा गर्नका लागि एमालेले दिएको टिकट अस्विकार गरेको दाबी गर्दै उहाँले नवलपुर १ को टिकट माग गरि शशांकसँग द्वन्द्व बढाउन नचाहेको भनाइ थियो ।

समानुपातिक सांसद हुँदै आउनुभएका उहाँले यसपटक प्रत्यक्ष उम्मेदवारी दिने सोच बनाएको बताउनुभएको थियो । प्रत्यक्षमा प्रतिस्पर्धा गर्ने मनस्थितिसहित उहाँले अब समानुपातिकमा नबस्ने बताउनुभयो ।

नवलपुर २ मा गत निर्वाचनमा एमालेका तिलबहादुर महत क्षेत्रीले ३९ हजार ५३ मत ल्याउँदा कांग्रेसका विष्णुकुमार कार्कीले ३७ हजार ७२० मत प्राप्त गर्नुभएको थियो ।

यस निर्वाचन क्षेत्रमा बौदीकाली, विनयी त्रिवेणी र हुप्सेकोट गाउँपालिका सहित मध्यविन्दु नगरपालिका र कावासोतीका नगरपालिकाका ३, १४, १५, १६ र १७ वडा पर्दछन् । (साभार : सिनर्जी एफ एम )

Write your Comment