आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

सार्वजनिक सवारीसाधनको भाडा घट्यो,नारायणगढदेखी कावासोतीसम्मको भाडा १०१

    प्रकाशित २०७९ अषाढ १२, आईतबार (१ साल अघि)


नवलपुर । यातायात व्यवस्था  विभागले सार्वजनिक सवारीसाधनको भाडा घटाएको छ । स्वचालित प्रणालीअनुसार सार्वजनिक सवारीको भाडा समायोजन गरिएको हो । इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेमा वा घटेमा समायोजन हुने गर्छ ।

पहाडी बाटोमा चल्ने मालवाहक सवारीमा ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालवाहकमा ७.६८ प्रतिशत घटेको छ । एक प्रदेशभित्रै अर्थात् स्थानीय रुटमा भने पुरानै भाडा यथावत रहनेछ ।
विभागका अनुसार पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशतभन्दा धेरै घटेमा फेरि स्वचालित प्रणाली अनुसार भाडा घट्ने छ भने पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशतभन्दा धेरै बढेमा थप बढ्नेछ ।

आइतबारबाट लागू हुने गरि पोखरा देखी नारायणगढसम्मको भाडा चार सय बाह्रबाट घटेर हाल तीनसय नब्बे रुपैयाँ भाडादर कायम भएको छ । त्यस्तै नारायणगढदेखी कावासोतीसम्मको भाडा एक सय सातबाट घटेर हाल भाडा एक सय एक रुपैयाँ भएको छ ।

शनिबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेलको मूल्य प्रतिलिटर २९ रुपैयाँ अर्थात १५.१० प्रतिशत घटेको थियो । सो अनुरुप अब यात्रुवाहक सवारीसाधनको भाडा ५.४१ प्रतिशतले घटेको छ ।

Write your Comment