आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुली नगरपालिकाको अत्यावश्यक बाहेक सबै प्रकारका सेवाहरु शुक्रबार बन्द

    प्रकाशित २०७९ अषाढ ९, बिहिबार (२ साल अघि)


देवचुली । देवचुली नगरपालिको नगरसभाका लागि अत्यावश्यक बाहेक सेवा शुक्रबार ( भोली) बन्द हुने भएको छ ।

देवचुली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोविन्द सिग्देलका अनुसार शुक्रबार दशौं नगरसभा संचालन हुने भएकाले अत्यावश्यक बाहेक सबै प्रकारका सेवाहरु बन्द गरिएको हो ।

नगरसभामा भोली आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पेश गर्ने ,छलफल गर्ने र सोही दिन नै बजेट पेश गर्ने कार्यक्रम रहेको सिग्देलले जानकारी दिनुभयो । नगरसभा शुक्रबार बिहान ११ बजेबाट सुरु हुने सिग्देलले जानकारी दिनुभयो ।

Write your Comment