आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

देवचुलीको सीताराम महिला सामुदायिक वनमा वृक्षारोपण

    प्रकाशित २०७९ अषाढ ९, बिहिबार (१ साल अघि)


राजु चापागाई,देवचुली । देवचुली नगरपालिका सातमा रहेको सीताराम महिला सामुदायिक वन उपभोक्ता समूहलाई ५०० बिरुवा हस्तान्तरण गरिएको छ ।हस्तान्तरणसँगै सीताराम महिला सामुदायिक वनमा वृक्षारोपणको सुरुवात समेत गरिएको हो ।


प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको समन्वयमा डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरबाट नि:शुल्क प्राप्त विभिन्न जातका बोटबिरुवा लगाइएको हो ।राई खनियो, काफल, मेन्दोला, इन्दु र भटमासे जातका ५०० बिरुवा हस्तान्तरण गरिएको प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालले जानकारी दिनुभयो।

कार्यक्रमको प्रमुख अतिथि रहनुभएको प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालले सिताराम महिला सामुदायिक वन उपभोक्ता समितिलाई बिरुवा हस्तान्तरण गर्दै बिरुवा रोपी वृक्षारोपणको शुभारम्भ गर्नुभएको थियो । वनलाई हरियाली बनाउनुका साथै वनको संरक्षणमा सबै लाग्नुपर्छ भन्ने सन्देश दिनका लागि वृक्षारोपण गरिएको हो ।

सीताराम महिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सीता न्यौपानेको अध्यक्षता भएको बिरुवा हस्तान्तरण तथा वृक्षारोपण कार्यक्रममा प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका प्रतिनिधि सीता भुसाल ,प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका कार्यालय प्रमुख ,प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका पदाधिकारीहरु, सीताराम महिला सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Write your Comment