आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

    प्रकाशित २०७९ अषाढ ९, बिहिबार (१ साल अघि)


ज्ञानु पंगेनी,कावासोती । कावासोती नगरपालिका चार हसौरा निवासी १८ वर्षका अभिषेक तिवारीको उपचारका लागि सहयोग गरिदिन परिवारले अनुरोध गरेका छन् ।

अभिषेक विगत ८ महीनादेखि भरतपुर स्थित मेडिकल कलेजमा उपचाररत छन् । गत मंसिर महीनामा कम्प्युटर कक्षा लिएर घर फर्कदै गर्दा उनलाई ट्याक्टरले ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट टाउकोमा गम्भिर चोट लागेकाले अभिषेक अहिलेसम्म पनि होसमा आउन नसकेको आमा मीना तिवारीले बताउनु भयो । विगत आठ महिनादेखि उपचार गर्दा करिब ४० लाख खर्च भइसकेको उहाँले बताउनुभयो । चार पटकसम्म अप्रेसन गर्दा समेत अझै होस् आउन नसकेको आमा मीनाले बताउनुभयो । अस्पतालले टाउकोको विषय भएकाले कहिलेसम्म ठिक हुन्छ भन्न नसकिने बताएको र अस्पतालमा कहिलेसम्म राख्नुपर्ने हो त्यो समेत निश्चित नभएको उहाँले दुःखेसो पोख्नुभयो ।

ट्याक्टर साहुले १३ लाख दिएको र अन्य घरमा भएको तथा उनका साथीहरूले विद्यालयहरूमा पुगेर संकलन गरेको, केही छरछिमेक र आफन्तहरूले सहयोग गरेर केही ऋण काढेर अहिलेसम्म उपचार गरेको तर , अब उपचार गर्न रकम अभाव भएको हुँदा उहाँले सबैलाई सहयोग गरिदिन अनुरोध गर्नुभएको छ ।
श्रीमानको वैदेशिक रोजगारीको भरमा घरधन्दा चलाउनुपर्ने , जग्गा जमिन समेत थोरै भएकोले छोराको उपचार खर्च गर्न अब नसक्ने अवस्थामा आफूहरू पुगेको उहाँले दुःख व्यक्त गर्नुभयो । श्रीमानले कमाएको सबै रकम उपचारमा खर्च भएको र भर्खर विदेश गएका कारण आर्थिक जोहो गर्न निकै गाह्रो भएको उहाँले बताउनुभयो ।

अभिषेकलाई सहयोग गर्न चाहनेहरूले कावासोती स्थित सनराइज बैंकमा अभि तिवारीको नाममा रहेको खाता नम्बर ११९१०२५२६५२०८००२ मा रकम सहयोग गर्न वा आमा मीना तिवारीको मोबाइल नम्बर ९८४९३५५४४३ वा ९८२५४३४०८५मा सम्पर्क गर्न सक्नुहुनेछ।

 

Write your Comment