आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

विनयी त्रिवेणीबाट आठ जुवाडे पक्राउ

    प्रकाशित २०७९ अषाढ ४, शनिबार (१ साल अघि)


नवलपुर । नवलपुरमा पार्टी प्यालेसमा जुवा खेलिहेका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । विनयी त्रिवेणी गाउँपालिका वडा नं. १ जैकुटीमा रहेको रिभर साईट पाटी प्यालेसमा म्यारिज खेलिरहेका पाँच जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो ।

शनिवार अपरान्ह पौने ४ वजे विशेष सूचनाको आधारमा पुगेको प्रहरीको टोलीले जुवाको खालबाट एकलाख पाँचहजार आठसय पचास रुपैँया नगद सहित ३ बुक तास बरामद गरेको प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरुमा विनयी त्रिवेणी गाउँपालिका वडा नं. १ का वर्ष ४८ का विन्दु कुमार श्रेष्ठ, वर्ष ३२का भिम कुवर, वर्ष ३७ का हरि तामाङ, बर्ष ४९ का ओम प्रकास देबकोटा, वर्ष ३५ का नारायण बस्याल वर्ष ३४ का महेन्द्र गोदार,वर्ष ५८का कृष्ण सुबेदी र वडा नं. २ का वर्ष ५३ का गोपाल न्यौपाने रहेका छन् ।

Write your Comment