आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

गैंडाकोटका जनप्रतिनिधिलाई सम्मान, मौलिक संस्कृति संरक्षण गर्ने जनप्रतिनिधिको प्रतिबद्धता

    प्रकाशित २०७९ अषाढ ४, शनिबार (२ साल अघि)


पुर्णप्रसाद खराल, गैंडाकोट। गैंडाकोट वडा नं. १४ का जनप्रतिनिधिलाई सम्मान गरिएको छ । खराल वंशाद्वार प्रतिष्ठान नेपाल केन्द्रिय कार्यालय गैंडाकोट १४ अमरापुरीले शनिबार एक समारोहका बीच नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गर्नुका साथै सम्मान गरेको छ ।

समारोहमा प्रतिष्ठानका संस्थापक अध्यक्ष गुणाखर खराल, कार्यवहाक अध्यक्ष ओमप्रसाद खराललगायतले वडाबासीको मन र मत जित्दै स्थानीय तह निर्वाचनअन्तर्गत गैंडाकोट नगरपालिका वडा नं. १४ मा विजयी भएका जनप्रतिनिधिलाई बधाई दिंदै समृद्ध वडा निर्माण गर्न सफलताको शुभकामना व्यक्त गर्नुभएको हो । साथै सो वडामा स्थापना भएको कालिका मन्दिरको संरक्षण र प्रर्वद्धनको कार्यमासमेत विगत लामो समयदेखि सहारानीय भुमिका निर्वाह गरेको भन्दै प्रशंसा व्यक्त गरिएको हो ।

कार्यक्रममा संस्थाका कार्यवहाक अध्यक्ष एवं महासचिव ओमप्रसाद खरालले विक्रम सम्बत ०५९ सालमा स्थापना भएको संस्थाले यस स्थानमा कालिका मन्दिर निर्माण गरेको बारे अवगत गराउँदै निकट भविष्यमै वृद्धाश्रम निर्माण गरि ज्येष्ठ नागरिकलाई लाभान्वित गर्ने योजनाबारे प्रस्ट्याउनु भएको थियो । कार्यक्रममा प्रतिष्ठानका सहसचिव बाबुराम खरालले स्वागत मन्तब्य राख्दैं प्रतिष्ठानको संरक्षणमा निर्माण गरेको कालिका मन्दिरले यस वडाको सौन्दर्यतालाई थप बढाएको भन्दै यसको संरक्षणमा जनप्रतिनिधिसँगै समुदाय नै जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभएको थियो ।

सोही अवसरमा बोल्दै नवनिर्वाचित वडा अध्यक्ष कोकिसरा राना मगरले आफु धर्म र संस्कृति एवं मौलिक सभ्यता संरक्षण र सम्बद्र्धनको सबालमा सधै लागि पर्ने भन्दै प्रतिष्ठनाले बनाएको योजनालाई सम्पन्न गर्न यहाँका सबै जनप्रतिनिधका तर्फबाट प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

यस्तै गरि वडा सदस्य पशुपति देवकोटाले यस सम्पदाले आफ्नो वडामा नयाँ पहिचान गराएको भन्दै संरक्षणको दायित्व लिन तयार गरेको धारणा राख्नुभएको थियो । प्रतिष्ठानका केन्द्रिय पदाधिकारी लगायत सरोकारवालाको उपस्थिति रहेको कार्यक्रममा जनप्रतिनिधिले निर्माणाधिन संरचनाको अवलोकनसमेत गर्नुभएको प्रतिष्ठानका सचिव युवराज खरालले जानकारी दिनुभएकोे छ ।

Write your Comment