आज:  २०८१ जेष्ठ १०, बिहिबार | Thu, 23, May, 2024 Search
FLASH NEWS

पहिरो खसेर अवरुद्ध बनेको नारायणगढ–मुग्लिङ सडकखण्ड ६ घन्टापछि खुल्यो

    प्रकाशित २०७९ अषाढ ४, शनिबार (१ साल अघि)


चितवन । सुख्खा पहिरो खसेर अवरुद्ध बनेको नारायणगढ–मुग्लिङ सडकखण्ड भर्खरैबाट संचालनमा आएको छ ।

इच्छाकामना गाउँपालिका–६ चारकिलोमा शनिबार बिहान ११ बजेर ३५ मिनेटमा पहिरो खस्दा सडक दुवैतर्फ अवरुद्ध भएको थियो ।

सडक डिभिजन कार्यालयसँगको समन्वयमा इलाका प्रहरी कार्यालय मुग्लिङको नेतृत्वमा रहेको प्रहरी टोलीले अवरुद्ध भएको ६ घण्टापछि अहिले ५:३५ बजेबाट यातायात सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । कायाकैरन

Write your Comment