आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024 Search
FLASH NEWS

जिसस नवलपुरमा एमालेको प्यानल विजयी

    प्रकाशित २०७९ अषाढ ४, शनिबार (१ साल अघि)


कावासोती। जिल्ला समन्वय समिति नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमा एमालेका उम्मेदवार विजयी भएका छन् । आज सम्पन्न निर्वाचनमा प्रमुख ,उप प्रमुख सहित सात जना सदस्य गरि ९ वटै पदमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् ।
आज सम्पन्न निर्वाचनमा एमालेबाट जिसस प्रमुखका उम्मेदवार बाबुराम विश्वकर्मा र उप प्रमुखका उम्मेदवार शकुन्तला लम्साल ११/११ मतका साथ विजयी भएका हुन् ।
चार नगरपालिका र चार गाउँपालिकाका प्रमुख , उप प्रमुख , अध्यक्ष र उपाध्यक्ष गरि १६ मतदाता रहेकोमा कांग्रेसबाट प्रमुखका उम्मेदवार द्रोणवन सन्यासीले ५ र उप प्रमुखका उम्मेदवार मिरा थनेतले ५ मत प्राप्त गरेका छन् ।

सदस्यहरूमा एमालेबाट उम्मेदवार बनेका पिन कुमारी चितौरे मगर , रेनु गुरौ थारु , सरस्वती पाठक, सम्झना सार्की , कुल प्रसाद शर्मा भुसाल ,लिला पौडेल , लोकनाथ अर्यालले समान ११ /११ मत प्राप्त गरि विजयी भएका छन् ।
कांग्रेसबाट सदस्यका उम्मेदवार दिनेश कुमाल र ज्ञानप्रसाद खनाल ४/४ मत प्राप्त गर्दा अन्य सदस्यहरूमा राधिका दमाईँ, देवमाया दमिनी, गोमाया भट्टराई पाण्डे, चित्रबहादुर थापा, सुरेन्द्र बहादुर कुमालले समान ५/५ मत प्राप्त गरेका छन् । सदस्य दुई जनामा खाली रहेकाले दिनेश कुमाल र ज्ञानप्रसाद खनालले ४/४ मत प्राप्त गरेका हुन् ।
जिल्ला समन्वय समतिको निर्वाचनका लागि रहेका १६ मतदाता मध्ये एमालेको ११ र कांग्रेसको ५ मत रहेको थियो ।

Write your Comment