आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024 Search
FLASH NEWS

रौतहटमा ग्यास सिलिन्डर पड्केर एक जनाको मृत्यु

    प्रकाशित २०७९ अषाढ ४, शनिबार (१ साल अघि)


सिताराम साह,रौतहट । रौतहटमा खाना पकाउने क्रममा बिहानै सिलिन्डर पड्केर एकजनाको मृत्यु भएको छ । गढीमाई नगरपालिका १ समनपुरमा शनिबार बिहान भान्छा कोठामा खाना पकाइरहेको अवस्थामा ग्यास सिलिन्डर पड्किँदा एक महिलाको मृत्यु भएको हो।

सिलिन्डर पड्केर ७० वर्षीया जसोधिया देवीको मृत्यु भएको हो । खाना पकाउने क्रममा ग्यास सिलिन्डर पड्किएपछि सहनीको घटनास्थलमै मृत्यु भएको स्थानीय राजु सहनीले जानकारी दिए ।

घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Write your Comment