आज:  २०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024 Search
FLASH NEWS

डाईभर्सन बगाउँदा बर्दघाट- बुटवल सडक अवरुद्ध

    प्रकाशित २०७९ अषाढ ३, शुक्रबार (१ साल अघि)


नवलपरासी । सडक निर्माणको क्रममा बनाएका डाइभर्सन बगाएपछि पूर्व पश्चिम राजमार्गको बर्दघाट- बुटवल सडकखण्ड अवरूद्ध भएको छ।
बिहीबार राति परेको वर्षापछि आएको बाढीले डाइभर्सन बगाउँदा रातिदेखिनै उक्त सडकखण्ड अवरुद्ध भएको डिभिजन सडक कार्यालय बुटवलले जनाएको छ।

पश्चिम नवलपरासीको सुनवलस्थित तुरिया खोलाको डाइभर्सन पनि बाढीले बगाएको छ। यस्तै कार्यालय प्रमुख जयलाल मरासिनीका अनुसार रूपन्देहीको देवदहस्थित घोडाहा खोलामा बनाइएको डाइभर्सनमा बाढीले क्षति पुर्‍याएको हो। मरासिनीले घोडाहा खोलाको डाइभर्सन मर्मत गर्ने काम सुरू गरिएको र तुरिया खोलामा बेलिब्रिज बिहिबार दिउँसोसम्म सञ्चालनमा ल्याउने गरि काम भईरहेको जानकारी दिनुभयो ।बेलिब्रिज सञ्चालनमा आए पनि भारबाहक गाडीको लोड थेग्न नसक्ने भएकोले ठूला मालबाहक सवारी सञ्चालन नगर्न आग्रह गर्नुभयो ।

अहिले बुटवलबाट पूर्व आउने सबै गाडीहरू भैरहवा-परासी-भुमही सडक हुँदै आवतजावत गरिरहेका छन्। सडक निर्माणको क्रममा बनाइएका डाइभर्सन बगाएपछि गत वर्ष पनि दर्जनौं पटक बुटवल बर्दघाट सडकखण्ड अवरूद्ध भएको थियो।

Write your Comment