आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024 Search
FLASH NEWS

दुम्किबासमा कल्भर्ट बगाउँदा यातायात सञ्चालन प्रभावित

    प्रकाशित २०७९ अषाढ ३, शुक्रबार (१ साल अघि)


नवलपुर । पूर्व पश्चिम राजमार्ग अन्तरगत नवलपुरको विनयी त्रिवेणी १ मा पानीले कल्भर्ट बगाउँदा यातायात आवतजावत प्रभावित बनेको छ । राति करिब २ बजेको समयमा कल्भर्ट बगाएपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध बनेको थियो ।

अहिले बाटो मर्मत गरि एक तर्फि रुपमा सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय दुम्किबासका सई भवानी प्रसाद हमालले बताउनुभयो । कल्भर्ट राखेर बाटो मर्मतको काम चलिरहेकाले दुई तर्फि रुपमा यातायात सञ्चालन हुन केही समय लाग्ने उहाँले बताउनुभयो ।

Write your Comment