आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

जन्मदिनको अवसर पारी अभियन्ता शर्माद्वारा एक विद्यार्थीको अभिभावकत्व ग्रहण

    प्रकाशित २०७९ जेष्ठ ३१, मंगलबार (१ साल अघि)


देवचुली। आफ्नो जन्मदिनको अवसर पारेर नवलपुरका सामाजिक अभियन्ता दीपक शर्माद्वारा एक विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छ्न।गत शनिबार जन्मदिन रहेको शर्माले सोमबार देवचुली ५ मा रहेको सकलादेवी माध्यमिक विद्यालय पुगी कक्षा ६ मा पढ्ने सृष्टि जि सि को अभिभावकत्व ग्रहण गरेका हुन् ।


शर्माले उक्त बालिकाको लागि कक्षा ६ देखि १० सम्म पढ्न लाग्ने सम्पूर्ण रकम साथै आवश्यक ड्रेस , किताब , कापी झोला र अन्य साम्रगीहरु प्रदान गर्ने भएका हुन् । जन्मदिन जस्तो आफ्नो जिवनको सबैभन्दा महत्त्वपूर्ण दिनलाइ सामाजिक र मानवीय कार्यमा लगाउने विगत देखिकै कार्यको निरन्तरता दिएका शर्माले घरको आर्थिक अवस्था कमजोर रहेको र पढाईमा लगनशील विद्यार्थी उनलाई विद्यालयको सिफारिसमा सहयोग गरेको बताए ।


सोमबार विद्यालय पुगेका शर्माले उक्त बालिकाको कक्षा ६ मा लाग्ने सम्पुर्ण रकम अभिभावकको रोहबरमा विद्यालयमा प्रदान गरेका थिए । विद्यालय परिवारले आर्थिक अवस्था कमजोर भएको विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको शर्मालाई धन्यवाद व्यक्त गरेको थियो । शर्मा विभिन्न सामाजिक संघसंस्था आबद्ध रहेर सामाजिक अभियानलाई निरन्तर संचालन गरिरहेका छन् ।

Write your Comment