आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

जिल्ला समन्वय समिति नवलपुरको निर्वाचनका लागि एमाले र काङ्ग्रेसबाट मनोनयन दर्ता

    प्रकाशित २०७९ जेष्ठ ३१, मंगलबार (१ साल अघि)


नवलपुर । जिल्ला समन्वय समिति नवलपुरकाे निर्वाचनका लागि एमाले र काङ्ग्रेसबाट मनाेनयन दर्ता गरिएको छ । असार ४ गते हुने निर्वाचनका लागि दुई दलबाट ९ पदका लागि १८ जनाकाे उम्मेदवारी परेकाे छ ।

एमालेबाट प्रमुखमा बाबुराम विश्वकर्मा , उप प्रमुखमा शकुन्तला लम्साल , सदस्यहरुमा कुलप्रसाद शर्मा भुसाल , लाेकनाथ अर्याल ,लिला पाैडेल, सरस्वती पाठक, रेनु गुराै,सम्झना सार्की र पिन कुमारी चिताैरेकाे उम्मेदवारी परेकाे छ ।
काङ्ग्रेसबाट प्रमुखमा द्राेणवन सन्यासी उप प्रमुखमा मिरा थनेत , सदस्यहरुमा राधिका परियार,देवमाया दमिनी,दिनेश कुमाल, गाेमाया पाण्डे ,ज्ञानप्रसाद खनाल, चित्रबहादुर थापा, सुरेन्द्र कुमालकाे उम्मेदवारी परेको छ ।
जिसस नवलपुरका लागि ८ पालिकाका प्रमुख ,उप प्रमुख, अध्यक्ष ,उपाध्यक्ष गरि १६ जना मतदाता रहेका छन् । जसमा एमालेकाे ११ र काङ्ग्रेसको ५ मत रहेकाे छ ।

Write your Comment