आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुली नगर प्रमुखका स्वतन्त्र उम्मेदवार भुसालको चुनाव खर्च २ लाख

    प्रकाशित २०७९ जेष्ठ २९, आईतबार (२ साल अघि)


देवचुली । स्वतन्त्र उम्मेदवार श्याम शर्मा भुसालले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । शर्मा पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको स्थानीय तह निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिएका थिए । कुल २८ हजार ५७ मतदाता रहेको देवचुली नगरपालिकामा शर्माले ४ सय ३४ मत मात्रै पाएका थिए ।
शैक्षिक अभियन्ताका रुपमा परिचित भुसालले देवचुली नगरपालिकाको नव नेपाल आधारभूत विद्यालयमा चुनावी समिक्षा कार्यक्रम आयोजना गरी आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका हुन् । उनले निर्वाचनमा एक लाख छयानब्बे हजार दुई सय पच्चिस रुपैया खर्च भएको जानकारी दिए ।

भुसालले निर्वाचनको लागि पारिवारिक श्रोतबाट दुई लाख बीस हजार एक सय रुपैया जम्मा भएको पनि बताए । आफूलाई निर्वाचनका लागि जम्मा भएको रकम पनि सबै खर्च नभएको बताए ।

भुसालले निर्वाचनमा पर्चापम्प्लेटमा ६७ हजार, सवारीसाधनमा ३४ हजार ५ सय ३०, फ्लेक्स प्रीण्टमा ११ हजार, झण्डामा २० हजार ९ सय ८५, साउण्ड सिस्टममा ४ हजार, विज्ञापनमा १५ हजार, खाजा तथा खानामा ३२ हजार ७ सय १०, स्टेसनरीमा एक हजार, उम्मेदवारी दर्तामा एक हजार पाँच सय, इन्धनमा ३ हजार पाँच सय तथा विविधमा ५ हजार खर्च भएको जानकारी दिए ।

उनले आफू विजयी नभए पनि देवचुली नगरपालिकामा भ्रष्टाचारको अन्त्य गर्न र सुशासनका लागि निरन्तर खबरदारी गरिरहने प्रतिबद्धता जनाए ।

Write your Comment