आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024 Search
FLASH NEWS

धौलागिरी अपाङ्ग उत्थान संस्थाको अध्यक्षमा सुबेदी सर्वसम्मत चयन

    प्रकाशित २०७९ जेष्ठ २९, आईतबार (१ साल अघि)

राजु चापागाई, देवचुली । घनश्याम सुबेदीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गर्दै धौलागिरी अपाङ्ग उत्थान संस्थाको पाचौं साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ ।


देवचुली १० मा रहेको संस्थाको आईतबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा गिता वरुवाल, सचिवमा उत्सव गौतम , सहसचिवमा केशव खनाल , कोषाध्यक्षमा ज्ञानप्रसाद भुसाल , सदस्यहरुमा हरिप्रसाद ढुंगाना ,रिता ढकाल, तिलप्रसाद ढकाल, लिला सापकोटा, भोला धिताल र भरत पाण्डे सर्वसम्मत चयन भएका हुन् ।


आज पहिलो सत्रमा धौलागिरी अपाङ्ग उत्थान संस्थाका अध्यक्ष विष्णु प्रसाद काफ्लेको अध्यक्षतामा भएको साधारण सभाको औपचारिक कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रवक्ता तिलप्रसाद काफ्लेको प्रमुख आतिथ्यतामा रहेको थियो । त्यसै गरी सल्लाहकार सदस्य सत्यनारायण भुसाल, होमनाथ जैसी, धर्मदत्त भुसाल, देवचुली वडा नं १२ का निवर्तमान वडाध्यक्ष दिनानाथ भुसाल, प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसाल, वडा नं ९ का वडा सदस्य आइतमान गुरुङ्ग लगायतको उपस्थिती रहेको थियो ।


साधारण सभामा संस्थाका सचिवले प्रगति प्रतिवेदन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Write your Comment