आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

देवचुली १६ बाह्रकोलमा बृहत स्वास्थ्य शिविर सम्पन्न

    प्रकाशित २०७९ जेष्ठ २७, शुक्रबार (१ साल अघि)


राजु चापागाई,देवचुली । देवचुली नगरपालिका वडा नं. १६ बाह्रकोलमा आज बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ। राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको १७ औं स्थापना दिवसको अवसरमा शुक्रबार राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नवलपुरले आयोजना गरेको स्वास्थ्य शिविरबाट १३७ जनाले सेवा लिएका छन् ।

बाह्रकोल सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा भएको स्वास्थ्य शिविरमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालमा आबद्ध स्वास्थ्यकर्मीबाट स्वास्थ्य परीक्षणसँगै नि:शुल्क औषधीको समेत व्यवस्था गरिएको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रीय सचिवालय सदस्य तथा अतिरिक्त विभाग प्रमुख जायश्वर भुसालले जानकारी दिनुभयो । स्वास्थ्य परीक्षणमा धेरै जनामा छाला सम्बन्धि समस्या पाईएको र सबैलाई आवश्यक औषधीको व्यवस्था गरिएको भुसालले बताउनुभयो ।

देवचुली नगरपालिका पहाडी क्षेत्रमा स्वास्थ्य शिविर संचालन गरि स्थानीयलाई औषधीलगायत परामर्श गरेकोमा आयोजकलाई देवचुली नगरपालिका वडा न १६ का अध्यक्ष केशव गौतमले धन्यवाद व्यक्त गर्नुभएको थियो ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नवलपुरका अध्यक्ष नवीन पौडेलको अध्यक्षतामा भएको स्वास्थ्य शिविरमा देवचुली नगरपालिका वडा न १६ का अध्यक्ष केशव गौतमको प्रमुख आतिथ्यता,राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रीय सचिवालय सदस्य तथा अतिरिक्त विभाग प्रमुख जायश्वर भुसाल र नेकपा एमाले नवलपुर सदस्य एवं स्वास्थ्य विभाग प्रमुख राधा ढकालको विशेष आतिथ्यता रहेको थियो । त्यसै गरि राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रीय सदस्य पारेश्वर भुर्तेललगायत जिल्ला तथा नगरका पदाधिकारीहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको १७ औँ स्थापना दिवसकै अवसरमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल देवचुलीले बिहान सरसफाई कार्यक्रम अन्तर्गत दुम्कौली अस्पताल परिसर र प्रसुति बाटीका सरसफाई सम्पन्न गरेको थियो ।

Write your Comment