आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

चितवनमा महिलालाई बन्धक बनाइ सामुहिक बलात्कार, एकजना पक्राउ

    प्रकाशित २०७९ जेष्ठ २६, बिहिबार (१ साल अघि)


चितवन।चितवनमा २७ वर्षीया महिलालाई सामुहिक बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी नगरपालिकाकी ति महिलालाई लामो समय बन्धक बनाइ बलात्कार गरेको आरोपमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ चौधघरेका ४५ वर्षीय पूर्ण घलानलाई पक्राउ गरिएको हो । गत चैत १० गते काठमाडौँबाट बस चढी भाउजुको घर रहेको चितवनको राप्ती नगरपालिका –१ पिप्ले आउनेक्रममा रातको समयमा राप्तीकै भण्डारा बजारमा बसबाट ओर्लिएपछि घलानले ‘पिप्ले टाढा पर्छ, आज जान भ्याईँदैन, म भोलि बिहानै पुर्‍याई दिन्छु’ भनि महिलालाई ललाईफकाई घरमा लगेर बलात्कार गरेको जाहेरीबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकृत डिएसपी नरहरि अधिकारीले बताए ।

घलानले राप्ती- ६ आदर्शटोलस्थित माछापोखरीमा रहेको आफू बस्ने गरेको घर कटेरोमा लगि आफू र अन्य २र३ जना साथीसमेत मिली पालैपालो सामुहिक रुपमा जबर्जस्ती करणी गरेको भनि जाहेरी परेको डिएसपी अधिकारीले बताए ।

जर्बजस्ती करणीप्रश्चात पीडितलाई सोही घरमा राखी आरोपितहरुले पटकपटक जबर्जस्ती करणी गर्ने गरेको समेत खुलेको छ ।
गत जेठ २० गते पीडित महिलाको स्वास्थ्यमा समस्या देखिएपछि आरोपित घलानले स्थानीयहरुको सहयोगमा अस्पतालमा लगि उपचार गरेर पीडित महिलाको भाउजुको घर पिप्लेमा लगेर छोडिदिएका थिए ।

घटनाबारे पीडित महिलाले भाउजुलाई बताएपछि घटना प्रहरीसमक्ष पुुगेको हो । घटनाबारे थाहा पाएपछि पीडित महिलाकी भाउजुले इलाका प्रहरी कार्यालय खैरहनीमा मंगलबार किटानी जाहेरी दरखास्त पेश गरेकी थिइन् ।
जाहेरीपश्चात आरोपित घलानलाई बुधवार पक्राउ गरि जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरिएको अधिकारीले जानकारी दिए ।

सामुहिक बलात्कारमा संलग्न अन्य आरोपित हालसम्म फेला परेका छैनन् भने घटनाबारे थप अनुसन्धान भइराखेको अधिकारीले जानकारी दिए ।

Write your Comment