आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024 Search
FLASH NEWS

चितवनमा सेफ्टी ट्याङकी सफा गर्ने क्रममा खसेर २ जनाको मृत्यु

    प्रकाशित २०७९ जेष्ठ २६, बिहिबार (१ साल अघि)


चितवन । चितवनमा सेफ्टी ट्याङकी सफा गर्ने क्रममा खसेर २ जनाको मृत्यु भएको छ । बुधबार ६ः३० बजेको समयमा भरतपुर महानगरपालिका १९ तमुटोल बस्ने रामप्यारी गुरुङको घरमा सेफ्टी ट्याङकी सफा गर्ने क्रममा खसेर दुई जना मजदुरको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कपिलबस्तु शिवराज नगरपालिका ९ का २४ बर्षिय छतिराम थारु र राम चौधरी रहेका छन् । सेफ्टी ट्याङकी सफा गर्ने क्रममा अचानक चिप्लिएर खसेका छतिरामलाई निकाल्न भित्र पसेका राम चौधरीको पनि निसास्सीएर मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै शव पोष्टमाटमका लागि भरतपुर अस्पतालमा ल्याइएको छ ।

Write your Comment