आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024 Search
FLASH NEWS

परासीमा आफ्नै काकीलाई गोली चलाएर फरार भएका युवा पक्राउ

    प्रकाशित २०७९ जेष्ठ २४, मंगलबार (१ साल अघि)


परासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा दिउँसै गोली हान्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सरावल गाउँपालिका–४ मंगलापुरका २८ वर्षिय हंसराम यादव छन्।

उनले जिल्ला अदालतबाट करिब ५० मिटर पूर्वमा पर्ने व्यस्त सडकमा सोमबार दिउँसो आफ्नै ३४ वर्षिय काकी रोशनी यादवलाई गोली प्रहार गरेका थिए।हंसरामका बाबु र काकीबीच अदालतमा अंश मुद्दा चलेको थियो। काकाको मृत्युपछि निसन्तान रहेकी काकीलाई मारेपछि सबै अंश आफ्नै नाउँमा बनाउने मनशायका साथ हंसरामले काकीमाथि गोली चलाएका थिए। अंश मुद्दाको मिलापत्र गराउन अदालत जानेक्रममा उनले काकीमाथि २ राउण्ड गोली प्रहार गरेका थिए। तर गोली लाग्नबाट उनी बचेकी थिइन्।

गोली प्रहारपछि भागेका हंसरामलाई मंगलबार दिउँसो प्रहरीले सुनवल नगरपालिका–९ को वनकट्टी गाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक(एसपी) ऋषिराम कँडेलले जानकारी दिए। आफन्तको घरमा लुकिरहेको अवस्थामा पेस्तोलसहित उनी पक्राउ परेका हुन्।

Write your Comment