आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय फिर्ता

    प्रकाशित २०७९ जेष्ठ २३, सोमबार (२ साल अघि)


काठमाडौं । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबार बिदा दिने निर्णय फिर्ता लिएको स्रोतले जानकारी दियो। जेठ १ गतेदेखि लागु हुनेगरी सरकारले परीक्षणको लागि भन्दै आइतबार पनि बिदा दिने निर्णय गरेको थियो।
तर एक महिना पनि कार्यान्वयन नहुँदै निर्णय फिर्ता भएको हो। वैशाख १३ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको थियो।

यसरी सरकारले बिदा दिने निर्णय गरेपछि धेरैले विरोध जनाउँदै आएका थिए। कतिपय स्थानीय तहले सूचना जारी गर्दै आइतबार पनि प्रशासन तथा विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेका थिए।

Write your Comment