आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

देवचुली १ मा टाेल सरसफाई गरि मनाईयाे विश्व वातावरण दिवश

    प्रकाशित २०७९ जेष्ठ २२, आईतबार (१ साल अघि)


डि आर क्षेत्री ,देवचुली । पृथ्वीकाे संरक्षण : दिगाे प्रकृतिमैत्री जिवनयापन भन्ने मुल नाराका साथ विश्वभर आज ( जुन ५ ) का दिन विश्व वातावरण दिवश मनाईएकाे छ। यसैबिच नवलपरासी (बर्दघाट सुस्ता पुर्व) काे देवचुली १ मा रहेकाे दिव्य ज्याेति कृषि सहकारी संस्थाले कारितास नेपाल र कारितास अष्ट्रेलियाको सहकार्यमा टाेल सरसफाई गरि वातावरण दिवश मनाएकाे छ । सरसफाई कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष कृष्ण बहादुर के.सीकाे समेत उपस्थिति रहेकाे थियाे ।

वडा अध्यक्ष केसीले दिवशका दिन मात्रै नभएर हरेक हप्ता सरसफाई अभियानकाे रुपमा नै सञ्चालन गर्नुपर्ने बताएका थिए । मानव सभ्यताकाे विकाशसँगै बढ्दाे सहरीकरण अनि फाेहरमैला व्यवस्थापन चुनाैतीकाे विषय बन्दै गएकाे र यसकाे व्यवस्थापनमा वडा नगर तथा आम वडाबासीहरु लाग्नुपर्ने बताए । सरसफाई कार्यक्रमको अध्यक्षता सहकारी संस्थाका अध्यक्ष दिपक माझी गर्नुभएकाे थियाे भने कार्यक्रम सहजिकरण संस्थाका व्यवस्थापक पुर्णिमा बोटेले गर्नुभएको थियाे ।

Write your Comment