आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024 Search
FLASH NEWS

देवचुली उद्योग वाणिज्य संघको सातौँ साधारण सभा तथा तेस्रो अधिवेशन आज हुँदै

    प्रकाशित २०७९ जेष्ठ २१, शनिबार (१ साल अघि)


देवचुली। देवचुली उद्योग वाणिज्य संघको सातौँ साधारण सभा तथा तेस्रो अधिवेशन आज हुँदैछ। देवचुली पार्टी प्यालेसमा हुने कार्यक्रमको लागी केन्द्रिय अध्यक्ष शेखर गोल्छा प्रमुख अतिथिको रुपमा आउने देवचुली उद्योग वाणिज्य संघले जनाएको छ।

देवचुली नगरपालिकाको पर्यापर्यटनको प्रवर्द्धन गर्ने उधेश्यका साथ प्रमुख अतिथि गोल्छालाई निमन्त्रणा गरिएको संघका वरिष्ठ उपाध्यक्ष सत्यनारायाण भुसालले बताए। भुसालका अनुसार गोल्छालाई नगर भित्र आउने पर्यटकको लागी होमस्टे र देवचुली डाँडालाई पर्यटकीय गन्तब्यको रुपमा विकास गराउनको लागि सम्भाव्यता अध्ययनको लागी पहल समेत गरिनेछ।

बिहान ८ बजे देखि सुरु हुने कार्यक्रमका लागि अधिकांश अतिथिहरु आइसकेका छन्। कार्यक्रममा प्रगति प्रतिवेदन , लेख प्रतिवेदन प्रस्तुत संगै उद्घाटन सत्र देवचुली पार्टी प्यालेसमा र बन्द सत्र भने आफ्नै भवनमा हुनेछ।

बन्द सत्र लगत्तै बाँकी प्रक्रियाको लागि निर्वाचन समितिलाई जिम्मा दिइने देवचुली उद्योग वाणिज्य संघले जनाएको छ।संघका अनुसार चन्द्रकान्त बस्यालको संयोजकत्वमा रमेश भुर्तेल र सिता भुसाल सहितको ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ।

Write your Comment