आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

गाडी भाडा घट्यो, नारायणगढदेखी कावासोतीसम्मको भाडा ९९ रुपैयाँ कायम

    प्रकाशित २०७९ जेष्ठ २१, शनिबार (१ साल अघि)


नवलपुर । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएसँगै विभागले पनि सार्वजनिक यातायातको भाडा घटाएको हो । यात्रु बाहक सवारीमा २ प्रतिशत भाडादर घटेको छ ।

पहाडी बाटोमा सञ्चालन हुने यात्रुबाहेक सवारीको भाडा २ प्रतिशत, तराईका बाटोमा सञ्चालन हुने सवारीमा २.६ प्रतिशत भाडा घटेको छ । मालबाहक सवारीको भाडा दर पनि घटेको छ ।

सरकारले सार्वजनिक सवारीको भाडा दर स्वचालित आधारमा गर्ने गरी व्यवस्था गरेको छ । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष सरोज सिटौला स्वालित भाडादरले यात्रु र व्यवसायी कसैलाई पनि मर्का नपर्ने अवस्था आएको बताउनुभएको छ । अव नारायणगढदेखी कावासोतीसम्मको भाडा ९९ रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै नारायणगढदेखी भैरहवासम्मको भाडा ३९३ रुपैयाँ रहको छ ।

Write your Comment