आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुलीका ४ खेलाडी सेपाक ताक्रोको राष्ट्रिय टिमको अन्तिम छनोटमा

    प्रकाशित २०७९ जेष्ठ १७, मंगलबार (२ साल अघि)


देवचुली । देवचुली नगरपालिकाका ४ जना खेलाडी सेपाक ताक्रो खेलको अन्तिम चरणको छनोटमा परेका छन्। ३५ औँ किंग्स कप वर्ल्ड च्याम्पियनसिपका लागि गत जेष्ठ ८ गतेदेखि १५ गतेसम्म काठमाडौंमा भएको छनौट खेलमा देवचुलीबाट सहभागी १२ जना मध्ये ४ खेलाडीहरु छनौटमा पर्न सफल भएको रास्ट्रीय खेलाडी विजय महतोले बताए।

नेपाल सेपाक ताक्रो संघ नवलपुरबाट नेपाल माविमा अध्ययनरत १२ जना खेलाडीले खेलमा सहभागीता जनाएका थिए। नवलपुरबाट विजय महतो , बिपिन थनेत , पदम ठाडा मगर , नर बहादुर कानुं छनौटमा परि बन्द प्रशिक्षणको लागि तयारीमा रहेको जानकारी दिए।

महतोका अनुसार देशभरबाट ६ जना महिला र १२ जना पुरुष गरि १८ जना छनौटमा परेका छन्। नेपाल सेपाक ताक्रो संघले देश भरबाट उत्कृष्ट खेलाडी छनौट गर्ने उदेश्यले छ्नोट खेलको आयोजना गरिएको आयोजकले जनाएको छ।

Write your Comment