आज:  २०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024 Search
FLASH NEWS

देवचुली नगरसभापतिबाट राजीनामा दिएका कडरियाको राजीनामा अस्वीकृत

    प्रकाशित २०७९ जेष्ठ १६, सोमबार (१ साल अघि)


नवलपुर । वैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा पार्टी पराजय भएको भन्दै नेपाली कांग्रेस देवचुलीका नगर सभापति डिल्लीराम कडरियाले दिएको राजीनामा नेपाली कांग्रेस नवलपुरको जिल्ला कार्यसमितिको बैठकले अस्विकृत गर्ने निर्णय गरेको छ ।

सोमबार सम्पन्न कांग्रेस नवलपुरको पदाधिकारी बैठकले कडरियाको राजीनामा अस्विकृत गर्ने निर्णय गरिएको कांग्रेस नवलपुरले जनाएको छ ।

यस अघि कडरियाले स्थानिय तहको निर्वाचनमा देवचुली नगरपालिकामा नेपाली काँग्रेसले अनेपक्षित हार बेहोरेको नैतिक जिम्मेवारी लिदै गत जेठ ४ गते राजीनामा दिएका थिए ।

Write your Comment