आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

देवचुलीमा ट्रमा सेन्टर निर्माण गरिने

    प्रकाशित २०७९ जेष्ठ १६, सोमबार (१ साल अघि)


देवचुली। देवचुली नगरपालिकामा ट्रमा सेन्टर निर्माण गरिने भएको छ ।
आइतवार संसदमा अर्थमन्त्री जनार्दन शर्माले संसदमा आर्थिक वर्ष २०७९/८० को बजेटमा नवलपुरको देवचुली र रूपन्देहीको सैनामैनामा अत्याधुनिक उपचार सहितको ट्रमा सेन्टर निर्माण गरिने घोषणा गरेका हुन् ।

देवचुली पूर्वपश्चिम राजमार्गसँग जोडिएको नगर हो । यस क्षेत्रका नागरिकको स्वस्थ्य जीवन सुनिश्चित गर्न ट्रमा सेन्टर निर्माण गर्न लागेको सरकारले बताएको छ ।

ट्रमा सेन्टर बनेपछि यस क्षेत्रको स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार हुने अपेक्षा गरिएको छ ।

Write your Comment