आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

१५ प्रतिशत बढेपछि कर्मचारीको तलब कस्को कति ?

    प्रकाशित २०७९ जेष्ठ १५, आईतबार (१ साल अघि)


काठमाडौँ । सरकारले कर्मचारीको तलब भत्तामा १५ प्रतिशतले वृद्धि गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्ष ०७९/८०को बजेट प्रस्तुत गर्दै कर्मचारीको तलब भत्तामा १५ प्रतिशतले वृद्धि गरिएको जानकारी दिए । वृद्धि भएको तलब भत्ता साउन १ गतेबाट लागू हुनेछ । अघिल्लो वर्ष सरकारले २ हजार रुपैयाँमात्रै वृद्धि गरेकोमा यसपटक १५ प्रतिशतले तलब भत्ता वृद्धि गरेको हो ।

यसअघि पाउँदै आएको तलब स्केलको १५ प्रतिशत तलब वृद्धि हुँदा अब नेपाल सरकारका मुख्यसचिवको तलब १० हजार ७१ रुपैयाँले बढेको छ । मुख्यसचिवले यसअघि ६७ हजार १४० रुपैयाँ पाउँदै आएकोमा अब मुख्यसचिवले ग्रेडदरबाहेक ७७ हजार २११ रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यस्तै, सरकारका सचिवहरुको तलबमा ९ हजार ३९० रुपैयाँ वृद्धि भएको छ । यसअघि ६२ हजार ६ सय रुपैयाँ पाउने गरेकोमा अब सचिवहरुले ग्रेडदरबाहेक ७१ हजार ९९० रुपैयाँ प्राप्त गर्नेछन् ।

सहसचिवहरूको तलबमा ७ हजार ४०७ रुपैयाँ वृद्धि भएको छ भने उपसचिवको ६ हजार ३५७ र शाखा अधिकृतको तलबमा ५ हजार ६९८ रुपैयाँ वृद्धि भएको छ । वृद्धि भएपछि अब ग्रेडदरबाहेक सहसचिवले ५६ हजार ७८७, उपसचिवले ४८ हजार ७३७ र शाखा अधिकृतले ४३ हजार ६८८ रुपैयाँ पाउनेछन् ।

त्यस्तै, राजपत्र अनंकित प्रथम श्रेणीका कर्मचारीको तलबमा ४ हजार ५३० रुपैयाँ, द्वितीय श्रेणीको ४ हजार २९१, तृतीय श्रेणीको ३ हजार ६०१ र चतुर्थ श्रेणीको ३ हजार ४०२ रुपैयाँ तलब वृद्धि भएको छ ।

वृद्धि भएपछि अब ग्रेडदरबाहेक राजपत्र अनंकित प्रथम श्रेणीका कर्मचारीले ३४ हजार ७३०, द्वितीय श्रेणीको ३२ हजार ९०१, तृतीय श्रेणीको २७ हजार ६११ र चतुर्थ श्रेणीको २६ हजार ८२ पुगेको छ ।

Write your Comment