आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

भाटभटेनी देखि बाह्रकोलसम्म जोड्ने बाटो कालोपत्रे हुँदै

    प्रकाशित २०७९ जेष्ठ १४, शनिबार (२ साल अघि)


देवचुली। देवचुली नगरपालिकाको भाटभटेनीदेखि माथिल्लो बाह्रकोल, बेलस्वारा सम्मको कालोपत्रे सडकको लागि शुक्रबार शिलान्यास गरिएको छ ।समाधान लिडरसिप संस्थाद्वारा निर्माणाधीन सडकको गण्डकी प्रदेश पोखरा आन्तरिक मामिला मन्त्रालयका माननीय मन्त्री डोबाटे बिश्वकर्माद्वारा शिलान्यास गरिएको हो ।

बाह्रकोल जोड्ने कालोपत्रे सडकखण्ड समाधान लिडरसिप संस्था मार्फत रु ४७ करोड ७७ लाख लागतमा निर्माण गर्न लागिएको हो । कार्यक्रममा पुर्व सांसद/ नेपाली कांग्रेसका जिल्ला सभापति महेन्द्र ध्वज जिसि , देवचुलीका नगरप्रमुख हरि प्रसाद न्यौपाने , उपप्रमुख पार्वता तिवारी साथै देवचुली १६ का वडा अध्यक्ष केशव राज गौतम , १७ का वडा अध्यक्ष गणेश शर्मा चालिसे (दिपक ) , चौतारी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष लोकनाथ अर्याल , बाह्रकोल सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष सुर्य बहादुर पाटा , स्थानीय आमा समुहका अध्यक्षहरु , समाधान लिडरसिपका लिडर रुपा सोमै , बिपिन खेतान , दिनेश त्रिपाठी , सुजित झा , विकास अधिकारी , माधवप्रसाद खतिवडासंगै जनप्रतीनिधीहरुको सहभागिता रहेको थियो।

शिलान्यास कार्यक्रममा बोल्दै समाधान संस्थाकी लिडर रुपा सोमैले आफुले आजसम्म अन्य क्षेत्रमा सेवा र सहयोग गर्दै आएकोमा आज आफ्नै जन्मठाउँमा सहयोग गर्न पाउँदा खुसि रहेको बताईन। अवको समय देख करिव करिव २ महिना भित्र अवलोकन कार्य सकी छिटै कालोपत्रे बनाउने उहाँले बताउनु भयो । उहाँले उक्त सडक निर्माणका लागि देवचुली नगरपालिकासँग सहमति लिएको र अबका दिनमा समेत स्थानीय सरकारसँग सहकार्यको अपेक्षा राखेको उनले बताईन।

कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले सकारात्मक कार्य र विकाशको लागि स्थानीय क्षेत्रबाट सबैले साथ दिन नगरप्रमुख र वडाध्यक्षहरुलाई अनुरोध गरेका थिए । कार्यक्रमको सहजीकरण पावल सोमै मगरले गरेका थिए ।

Write your Comment