आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

देवचुलीमा माछापालन सम्बन्धि तालिम आज देखि सुरु

    प्रकाशित २०७९ जेष्ठ ११, बुधबार (१ साल अघि)


डि आर क्षेत्री ,देवचुली । व्यवसायिक रुपमा माछापालक किसानहरुका लागि आजबाट देवचुलीमा क्षमता अभिवृद्धि तालिमकाे संचालन गरिएको छ । भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कावासाेतीकाे आयाेजनामा देवचुली नगरपालिकाकाे वडा नं -१ मा आजबाट सुरु भई तालिम तीन दिन सम्म सञ्चालन हुनेछ । तालिममा वडा नं १ का माछा फर्म , माछापालन समूह , माछा पालक किसानहरुकाे उपस्थिति रहेको छ । तीन दिनसम्म सञ्चालन हुने तालिमकाे सहजिकरण पाेखरा तालिम केन्द्रका मत्स्य विकाश अधिकृत मनिष देवकोटा , प्रशिक्षक विप्लव श्रेष्ठ , मत्स्य प्राविधिक सजनी पाैडेल , पशु सेवा शाखा देवचुली नगरपालिकाका विजय ढकालले प्रशिक्षण गर्नुहुने आयाेजकले जनाएको छ ।

तालिममा माछा पालनमा हालसम्म भएको प्रयास , दाना , प्रविधि , बिक्रि वितरण , बजारका समस्या आदिकाे बारेमा अन्तरक्रिया हुने जानकारी गराईएकाे छ ।तालिमकाे अध्यक्षता भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कावासाेतीका अधिकृत सन्दिप लामिछाने रहनुभएकाे छ भने वडा नं १का वडा सदस्यद्वय अजय थनेत र विजय माझीकाे उपस्थिति रहेकाे थियाे । व्यवहारिक तालिम देवचुली १ मा रहेकाे पाेखरीहरुमा गरिने भएको छ ।

Write your Comment