आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुली ११ का वडाध्यक्षको पहिलो निर्णय , १० विद्यार्थीलाई वार्षिक छात्रवृत्ति प्रदान

    प्रकाशित २०७९ जेष्ठ ७, शनिबार (२ साल अघि)


देवचुली । देवचुली नगरपालिका वडा नं ११ का नवनिर्वाचित वडाध्यक्ष तिलप्रसाद काफ्लेले शुक्रबार पदभार ग्रहण गर्दै पहिलो महत्त्वपूर्ण निर्णय गरेका छन् । काफ्लेले पदभार गरेसँगै सुर्यकिरण आधारभुत विद्यालयका १० जना विद्यार्थीहरुलाई वार्षिक १ लाख छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेका हुन् ।

काफ्लेले वडामा रहेको एक मात्र विद्यालयमा अध्ययनरत गरीब ,विपन्न तथा जेहेन्दार १० जना विद्यार्थीहरुलाई छनोट गरि अध्ययनलाई सहयोग पुर्‍याउने निर्णय सँगै पहिलो काम गरेका हुन् ।

नवनिर्वाचित वडाध्यक्ष काफ्लेले वडालाई समुन्नत र समृद्ध वडा बनाउनका लागि सदैव सक्रिय भई काम गर्ने बताएका छन् ।

Write your Comment